सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्याश लिगको फाइनलमा

 फागुन २, २०७५ बिहिबार १७:५७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालका युवा खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्याश लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सन्दीपको टिमले होबर्ट हरिकन्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेकाे हाे।

पहिले ब्याटिङ गरेको होबर्टले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । जसमा नेपाली बलर सन्दीपले चार ओभरमा ३१ रन खर्चिँदा विकेट लिन सकेनन् । उनी केही महँगो पनि सावित भए ।

जवाफमा मेलबर्नले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । मेलबर्नको जितमा कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन बनाए भने एडवार्ड गोचले अविजित ३३ रन बनाए । एडवार्ड गोचले छक्का प्रहार गर्दै खेल जिताएका थिए ।

त्यस्तै पिटर ह्यान्ड्सकम्बले ३५ रन बनाए भने मार्कस स्टोइनिसले १८ तथा म्याडिन्सनले पनि समान १८ रन नै जाेडे ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया