पराई भएकी मायालुको याद मुटुभरि !

 फागुन २, २०७५ बिहिबार १८:४५:२६ | श्यामशितल परियार
unn.prixa.net

‘आफूले चाहेकोलाई भन्दा आफूलाई चाहनेलाई माया गर्नुपर्छ ।’ प्रायः धेरैले यसै भन्छन् ।

मलाई नदेखेरै/नभेटेरै माया गर्ने मान्छे थ्यौ तिमी । यसर्थ तिम्रो चाहनामा पर्ने मान्छे थिए म । दुःख, पीडामा रुमल्लिएको यो जीवनमा आयौ तिमी सुटुक्कै । निभ्न लागेको यो मेरो जीन्दगीमा आयौ उज्यालो दीप बनेर । थलिँदै गएको यो जीवनलाई थप ऊर्जा दियौ । संघर्ष गर्न सिकायौ । म पनि दंगै थिए, यत्ति धेरै माया गर्ने, मलाई बुझ्ने मान्छे पाउँदा ।

आवाजकै भरमा अघि बढेको सम्बन्ध । अरु समय काम र पढाइ । रातको १० बजेपछिको फोन संवाद । संवादमा पनि घरव्यवहारका कुरा । जुनेली रातमा कोठाको झ्यालबाट आकाशको जुन हेर्दै तिमीसँग बोलेको पनि आजै जस्तो लाग्छ, ताजै लाग्छ र निकै प्यारो पनि ।  

ले पनि तिम्रो खुशी चाहेँ । यसरी नै डुबोस् मेरो जिन्दगी आफ्नै आँशुको आहालमा । मुटु रेटियोस् अझै केही छैन । सदा खुशी रहनु कामना ।

त्यो बेलामा फोनमा सोधिदिन्थे म, ‘मलाई किन मन पराउँछौँ, माया गर्छौ ?’ 

उनी भन्थिन्, ‘हजुरको बोलीचाली, आनीबानीबारे जानकार छु, नभेटे पनि नबोेले पनि । सप्पैसप्पै मन पर्छ ।  न मलाई जात, हैसियतसँग मतलब छ न त रुपसँग नै । असल मान्छे र त्यही मान्छेको मनमा जुनीजुनी बाँच्न पाए पुग्छ । यो मनले रोजेको, खाजेको पनि हजुर नै त हो ।’

यस्तैयस्तै कुराहरु भइरहन्थे ती पलहरुमा ।

कुमालेको चक्रझैँ जीवन अघि बढिरह्यो । भौतिक रुपमा एकअर्काबाट टाढा तर आत्मिक रुपमा निकै नजिक । हाम्रो त्यो मायामा स्वार्थको कुरा आएन । भएन ।

तिमीसँग कुरा गर्दा सारा दुःखपीडा भुल्थेँ म । सुन्दर जिन्दगीको कल्पना गर्न पुग्थेँ म । यसर्थ माया गर्नु भनेको एउटा छुट्टै सुन्दर संसारको कल्पना गर्नु पनि त रहेछ नि । सायद त्यस्तै सुन्दर भविष्यको कल्पना तिमी पनि गर्थ्यौ हौली मैलेझैँ ।

यसरी दिन दुई गुना, रात चार गुना हुँदै जीवन आफ्नै गतिमा अघि बढिरहेको थियो । माया झाङ्गिदै थियो । ‘मायामा एक–अर्काको विचारको सम्मान गरिनु आवश्यक छ’ भन्ने कुरामा म उत्तिकै सजग थिएँ । त्यसै अनुरुप चलेको थिएँ म र तिमी पनि ।

‘संसारमा सबैभन्दा ठूलो श्वास, त्यसपछिको विश्वास’ यही विश्वासकै आधारमा अघि बढेको सम्बन्ध । लामो बोलचालपछिको भेटघाट । तल नदी सलल, आडैमा मन्दिर । पवित्र स्थलमा तिम्रो मेरो पहिलो भेट ।

गाजलु ठूलाठूला आँखा, नीलो रंगको कुर्ता सुरुवाल, लामो–कालो केश हेर्दै राम्री । लाग्थ्यो, तिमी बानीव्यवहारमा मात्र होइन, रुपमा पनि उत्तिक्कै सुन्दर रहिछौ ।

सुरुमै लजाउँदै सोधिहाल्यौ, ‘सञ्चै हुनुहुन्छ ?’

तिम्रो छोटो प्रश्नमा लामो उत्तर दिए मैले, ‘तिमी मेरो जीवनमा भएपछि मलाई कैले पो के हुन्छ र ! तिमी सधैँ साथ देउ, माया गरिदेउ यो जीवनलाई सधैँ आराम ।’ 

फेरि लजाउँदै मुस्कुरायौ । एकैछिनमा नदी किनारामा रहेको ढुंगामा बस्दै पाउ खोलाको पानीमा खेलाउँदै, लजाउँदै नजर म तिर लगायौँ अनि भन्यौ, ‘नदीझैँ बग्न पाए, चरीझैँ तिमी र म पिरतीको आकाशमा सँगै उड्न पाए कत्ति रमाइलो हुँदो हगि यो जीन्दगी !’ 

...............................................................
 
बेलाबखतको भेटघाट । मिठा-मिठा बातचित । सुन्दर भविष्य कल्पना गर्दै अघि बढिरह्यो समय । अनि हाम्रो दुई मुटुको सम्वन्ध पनि ।

एक–अर्कोप्रति विचारको सम्मान, भविष्यको सुन्दर परिकल्पना, सगै दुःख÷सुख गरी अघि बढ्ने प्रण हाम्रो । भविष्यको सुन्दर खोजीमा हामी भौतिक रुपमा टाढा थियौँ । टाढा भयौँ । 

तर मलाई लागेको थिएन ।  भौतिक रुपमा टाढा हुँदैमा मनको सम्बन्ध पनि टाढिन्छ । भाँडिन्छ भनेर । नसोचेका घटनाहरु घटिदिँदा रैछन् मान्छेको जिन्दगीमा । हो, त्यस्तै भैदियो मेरो जीवनको माया भन्ने पाटोमा पनि ।
 
भौतिक रुपमा टाढा भएसँगै तिमी पनि टाढियौ । थाहा भएन, किन टाढियौ । सायद पायौ हौली सुखी र खुशी संसार र पो मलाई भुल्यौ । जीवनमा कुनै पल यस्ता थिए । जो मबिनाको जिन्दगी तिमी कल्पना पनि गर्न सक्दिनथ्यौ र उसैगरी म पनि ।
 
तर पनि जीवन मुटु रेट्दै जलाउँदै भएपनि बाँच्नुपर्ने रैछ संसारमा । त्यो प्रयत्न गरे मैले पनि । र त आँशुको तालमै डुबेर भए पनि जीवन जिउने हिम्मत गरेँ । विश्वास लाग्दैन अझै पनि । मलाई त्यत्ति धेरै माया गर्ने मान्छे एक्कासि मलाई एक्लैपारी पराई बन्यौ भनी ।
 
आफ्नो खुशीको लागि मबाट टाढा भयौ तर पनि गुनासो छैन तिमीसँग । चोखो माया गर्नेेले आफ्नो मनको मान्छेको सुख र खुशी चाहन्छ । र मैले पनि तिम्रो खुशी चाहेँ । यसरी नै डुबोस् मेरो जिन्दगी आफ्नै आँशुको आहालमा । मुटु रेटियोस् अझै केही छैन । सदा खुशी रहनु कामना ।
...........................................................................
अनि सुनन... प्रिय !
 
तिमी आजकाल साह्रै निष्ठुरी भएकी छ्यौ ।
 
विपनीको संसारमा तिमी मेरो नभए तापनि । मेरो समिप नआए तापनि । सपनीमा त आउन सक्छ्यौ नि । धेरै भो तिमी मेरा सपनीमा आउन छाडेको पनि ।
 
हो, विपनीमा मलाई सम्झी तिमी मसँग नबोलेको, नभेटेको वर्षाैं भयो । विस्तारै तिमी आउने आश पनि मर्दैछ । मुखले यसो भनिरहँदा मनमा कहिँ कतै भने तिमी फर्केर आइहाल्छौ कि भन्ने आशचाहिँ हुँदो रैछ । त्यो आश छ । त्यसैले त भनेका होलान् नि, ‘सास छुउन्जेल आश रहन्छ’ भनेर ।
 
छुटेको लामो समयपछि तिमी हिजो रातिको मेरो सपनीमा झुलिक्यौँ । तिमी टाढा भएदेखि निदाउन गाह्रो हुने, छटपटाउने म तिमी सपनीमा आएको पल निकै खुशी थिएँ । सुखकै सास फेरेको अनुभूति भएथ्यो ।  तिमीलाई प्रत्यक्ष समिपै पाएझैँ, देखेझैँ भेटेझैँ महसुस गरेछु ।

तिमी टाढा भएदेखि मेरो जिन्दगी नै कहाँ जीन्दगी रह्यो र । मरुभूमि भएको छ जीवन । उजाडिएको छ जीवन ।

साँच्चै, सपनीमा भेट भएथ्यो । त्यहीँ ठाउँ जहाँ तिमी र म पहिलोचोटी भेटेका थियौँ । उही र उस्तै थियो । मन्दिर, आडैमा कलकल बगेको नदी, वरिपरि जंगल अनि चरीको चिरबिर चिरबिर आवाज ।

तिमी आयौ । अनि नजिकै रहेको ढुंगामा बस्यौ । मलाई हेर्दै नहेरी सोध्यौ सुरुमै, ‘आराम हुनुहुन्छ ? ठीक त छ नि, आफ्नो सदैव ख्याल गर्नु है ।’

छाल मारेर बगेको नदी हेर्दै गरेको म फरक्क तिमीतिरै नजर लगाउँदै आँखामा आँशु र ओठमा थोरै हाँसोको रङ मिसाउँदै लामो सास फेरेर भने, ‘तिमी उ प.......र गएदेखि जिन्दगी साँँच्चै सञ्चो छैन । आराम छैन जिन्दगीलाई । अनि फेरि थपेँ, ‘ह्या छोड्देउ, हिनामिना भएको यो जिन्दगीको केलाई ख्याल गर्नुपर्यो र !’  

मुश्किलले यत्ति बोल्न सकेँ । तिमी जुरुक्क उठ्यौ, बसेके ठाउँबाट अनि भन्यौ, ‘के भनेको त्यस्तो ? त्यसो भनेर, सोचेर कहाँ हुन्छ र हजुरको जिन्दगी अझै बाँकी छ, गर्नु धेरै छ ।’

पराई भएकी तिमी मलाई आफ्नै सम्झी मिठै पारामा सुझाव दियौ । आखिर संसारमा सजिलो नै यही त होला अरुलाई सुझाव दिन ।

मैले भनेँ, ‘तिमी टाढा भएदेखि मेरो जिन्दगी नै कहाँ जीन्दगी रह्यो र । मरुभूमि भएको छ जीवन । उजाडिएको छ जीवन । सायद हुन सक्दिनँ होला पनि खुशी । सबै खुशी तिमीले लुटेर गयौ, छुटेर गयौ कसरी खुशी हुन सकुँला र !’

मैले पनि भेटेको बेलैमा आफ्नो वर्षौंदेखीको पीडा सुनाइदिइहालेँ ।

टाढा थ्यौ टाढै भयो, त्यसैमा खुशी मान्यौ सायद तिमीले ।  

तिमी रुझेकी थियौ । झरीको पानीले होइन । हो, आफ्नै आँखाको आँशुले रुझेकी थियौ । मेरो कुरा सुन्दै गर्दा । लाग्यो तिम्रो पनि त मन दुख्दो रैछ । आँखा रुँदो रैछ ।

हिजो तिमी मसँगै हुँदा तिमी संसारकै कोमल मुटु भएकी ठान्थेँ म । जब देखाएका सपना, खाएका वाचा कसम टुटाएर मबाट मेरो दिलबाट बेपत्ता भएकी थियौ । या भनौँ पराईसँगै रमेकी थियौ । चटक्कै मलाई भुलेर ।

त्यत्तिबेला सोचेको थिएँ । मान्छे स्वार्थी, जाली, कपटी हुँदो रहेछ । आफ्नो मात्रै खुशी हेर्दो रहेछ ।

यस्तै आरोप पनि नलगाएको होइन तिमीलाई । तर भो बाबै, अब गुनासो गरेर केही फाइदा छैन । जत्ति जल्नु, तड्पिनु तड्पेँ एक्लै । तर पनि दोष बढी लगाउन्न तिमीलाई ।

आफ्नै बाध्यता विवशता थियो होला तिम्रो जीवनमा । म बाट टाढिनुपर्ने कारणहरु पनि थिए होलान् तिमीसँग । सबै मनका कुरा खोल्ने तिमीले मलाई टाढा हुनुबारे केही भनिनौ । सायद भन्न चाहिनौ । तिमीले भनेको मात्रै भए तिमीबाट टाढा मात्र होइन संसारबाटै बिदा लिन तयार हुन्थे म । टाढा हुनुबारे किन मुख खोलिनौ यही एउटा गुनासो रह्यो तिमीसँग ।
...................................................................
अनि एकोहोरो बोलिरहेँ ।  

अनेकन झुट्ठा सपना देखाएर टुटाउनेको गल्ती थ्यो या त सपना देख्नेको । भेउ पाउन सकिएन, बाबै !           

टाढा थ्यौ टाढै भयो, त्यसैमा खुशी मान्यौ सायद तिमीले ।  

अझै ओभाएका छैनन्, परेली तिम्रो यादमा । औधी माया गरी तिम्ले सम्झना वरुप मलाई थमाएर गएका ‘मायाका याद’ अनि ‘आँशु’लाई बडो जतन गरेर राख्याछु, साँच्याछु ।

उज्यालो भइसकेको थियो । उज्यालो भएसँगै हरायौ । बिलायौ मेरो सपनीको संसारबाट तिमी । उही बिपनीमा हराएझैँ गरी ।  


 
यत्ति बोल्दै गर्दा तिम्रो आँखाको गाजल बग्दै थिए । हतपत तिमी रोएको दुखेको सहन नसक्ने म त्यत्तिबेला केही गर्न, भन्न सकिनँ । तिमी आँँशु झारिरह्यौ सुँक्कसुँक्क गरी । म हेर्नु शिवाय अरु केही गर्न सकिनँ । तिम्रो आँखाको आँशु पुछ्ने अधिकार थिएन वा सकिनँ मैले यसपल ।

अनि सोचे पनि, ‘तिमीले पनि त बुझ्नु आवश्यक छ नि मन दुखेर रुँदा, आँशु झर्दा कत्ति पीडा हुन्छ भनेर त्यसैले तिम्रो आँखाको आँशु पुछ्ने चेष्टा गरिनँ मैले । र एकोहोरो गुनासो गरिरहेँ मैले ।

हत्तपत्त न तिमीलाई भन्न पुगेँ, ‘न रुनु तिमी । तिम्रो साटो रुने मै छु । तिम्रो खुशी खोसिएला भनेर त हो मैले मेरो मुटु संसार खोसिँदा पनि तिमीलाई कुनै दोष दिइनँ ।

तिम्रो खुशीका लागि आँशु स्वीकारेँ । मुटु जलाएँ । अहँ, कैल्यै नरुनू तिमी । भगवानसँग प्रार्थना गर्दछु । तिम्रो जीवन सधैँ हाँसीखुशी रहोस् ।’

अघि थपेँ, ‘जसका कारण मलाई छोड्यौ । उसलाई कैल्यै नछोड्नू । उसले पनि तिमीलाई नछोडोस् । हो, तिमीले उसँगको नाता नतोड्नू । मनको नाता तोडिँदा, मनको घर भत्कदाँ कत्ति दुख्छ त्यो मलाईबाहेक ज्यादा अरु कस्लाई थाहा होला र ! हो त्यस्तै पीडा उसलाई नदिनू है ? बिन्ती छ ।’ गुनासो थपिरहेँ । सुझाव दिइरहेँ तिमीलाई ।

धेरै कुरा गर्नुथ्यो त्यो सपनीको भेटमा । तर म अभागीलाई त्यो भाग्य कहाँ मिल्यो र । उज्यालो भइसकेको थियो । उज्यालो भएसँगै हरायौ । बिलायौ मेरो सपनीको संसारबाट तिमी । उही बिपनीमा हराएझैँ गरी ।  

टाउको गरुङ्गो पार्दै उठेँ, सिरानीमै रहेको तिम्रो तस्बिर हेर्दै, चुम्दै, मुस्कुराउँदै मनमनै भने, ‘यस्तै त हो बाबै जिन्दगी । अनि माया भन्नु पनि । छुट्नु, भेट्नु, जिन्दगीको रीत नै रैछ । जहाँ छौ, सदा खुशी रहनू । सुखी रहनू । हरदम सम्झिरहेको हुनेछ यो मनले तिमीलाई । अनि यो जीवन तिम्रै पर्खाइमा हुनेछ । कसम ।’  
 

अन्तिम अपडेट: बैशाख ४, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया