बुहारीले गरिन् सासुको हत्या

 असार ८, २०७५ शुक्रबार ११:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङ घोराही उपमहानगरपालिका-८ सेवारकी ३२ वर्षीया लालसरी बुढाले ५६ वर्षीया सासु आमा दिलकुमारी बुढाको हत्या गरेकी छन् ।

लालसरीले सासु दिलकुमारीको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लालसरीले प्रहरी समक्ष आफूले सासुको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रसद घर्तीले जानकारी दिनुभयो ।  

उनीहरु छुट्टाभिन्न भएर बस्दै आएको भए पनि घर आमनेसामने थियो । 

प्रहरीका अनुसार सासु बुहारीबीच एक वर्षदेखि बोलचाल थिएन । लालसरीका पति राजविराजमा बस्दै आएको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया