पश्चिमी वायु सक्रिय : देशका धेरै ठाउँमा बदली र वर्षा हुने माैसमविद्काे अनुमान

 फागुन ३, २०७५ शुक्रबार ७:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित देशभरीकै मौसम अहिले बदली भएको छ । पश्चिमी वायुको प्रभावले शनिबारसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बिहीबारदेखि नै देशभरको मौसम बदली भई केही ठाउँमा पानी परेको मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

मौसमविद् प्रधानाङ्गका अनुसार बिहीबारदेखि सक्रिय यो प्रणाली आउँदो आइतबारदेखि मात्रै कमजोर हुने देखिएको छ । यसकै प्रभावले शुक्रबार देशभरी कै मौसम खुल्ने सम्भावना छैन । केही ठाउँमा मौसम खुलेपनि एकैछिनमा बदली हुनेछ । शुक्रबार देशका धेरै ठाउँमा पानी पर्नेछ । 

यस्तै, उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उहाँको अनुमान छ । तर गएको शुक्रबार र शनिबारको जस्तो ठूलो वर्षा र भारी हिमपातको संभावना भने नरहेको उहाँले बताउनुभयो । 

गएको हप्ता पश्चिमी वायुसँगै अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले ठूलो पानी र धेरै हिउँ परेको थियो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया