कञ्चनपुबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद

 फागुन ३, २०७५ शुक्रबार ८:३३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । बिहीबार दिउँसो १८ किलो सुनसहित १ जनालाई पक्राउ गरेको प्रहरीले बिहीबार थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।

बिहीबार पक्राउ परेका व्यक्तिको बयानका आधारमा शुक्लाफाँटा नगरपालिका ११ का लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

बिहीबार १८ किलो सुनसहित कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट एकजना पक्राउ परेका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया