एक करोड रुपैयाँ ऋण नतिरेपछि अर्जुन रामपालविरुद्ध मुद्धा दर्ता

 फागुन ३, २०७५ शुक्रबार ११:५३:२६ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता अर्जुन रामपाल यतिबेला विवादमा फसेका छन् । अर्जुनलाई एक करोड रुपैयाँ नतिरेको आरोप लागेको छ । एक इन्टरटेनमेन्ट कम्पनीका अनुसार अर्जुनले एक करोड रुपैयाँ ऋण लिएर पछि नतिरेको आरोप लागेको छ ।

अर्जुनले गएको वर्ष वाइटी इन्टरटेन्मेन्ट कम्पनीबाट १ करोड रुपैयाँ ब्याजमा ऋण लिएका थिए । अर्जुनले यो कम्पनीसँग ९० दिन भित्र १२ प्रतिशत ब्याजसहित तिर्ने सर्तमा ऋण लिएका थिए । 

तर अर्जुन रामपालले अहिलेसम्म पनि ऋण तिर्न नसकेपछि कम्पनीले अर्जुनविरुद्ध मुद्धा दर्ता गरेको छ । अर्जुन रामपालले भने यो कम्पनीले लगाएको आरोपको खण्डन गर्दै आफूले लिएको ऋण तोकिएकै समयभित्र तिरिसकेको बयान दिएका छन् ।

आफूले पैसा तिरिसकेको भए पनि कम्पनीले आफूविरुद्ध मुद्धा दर्ता गरेको बताउने अर्जुनले अदालतमा आफ्नो गल्ती नभएको कुरा सावित गर्ने बताएका छन् । 

यता कम्पनीले भने अर्जुनले चेक दिएको भए पनि उनको खातामा पैसा नभएका कारण चेक बाउन्स भएको आरोप लगाएको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया