सरकार कुरामा नम्बर वान, काममा जिरो : नेता महत

 फागुन ३, २०७५ शुक्रबार १६:८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले सरकार पूर्णतः असफल भएको आरोप लगाउनु भएको छ । 

कांग्रेस सह–महामन्त्री महतले सरकारको एक वर्ष पुरै असफल भएको दाबी गर्नु भएको हो । उहाँले ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारलाई ‘कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’को संज्ञा पनि दिनुभयो ।  

शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सह–महामन्त्री महतले सरकारले गलत आर्थिक नीति लिएकाले देशको आर्थिक क्षेत्र संकटमा फसेको, सुशासन दिनुको सट्टा भ्रष्टाचार बढेको, अपरिपक्व परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रेको दाबी पनि गर्नुभयो ।

पूर्व परराष्ट्र मन्त्रीसमेत रहनु भएका महतले सरकारकै कारण देशमा स्वदेशी पूँजीसमेत पलायन हुने अवस्थामा पुगेको पनि बताउनु भयो । सरकारले उल्टो बाटो लिएकाले देशमा सुशासन र समृद्धि आउने सम्भावना नरहेको उहाँको दाबी छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया