महिला टी–२० विश्वकप क्रिकेट छनोट खेल्ने नेपाली टोली यस्तो छ

 फागुन ३, २०७५ शुक्रबार १६:४४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – थाइल्याण्डमा हुने आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ । 

यसअघि थाइल्याण्डमा भएको थाइल्याण्ड टी–२० ब्लिजमा सहभागिता जनाएको टिममा एक जना परिवर्तन भएको छ । जसमा डल्ली भट्टको स्थानमा अप्सरी बेगम टिममा परेकी छिन् । 

यसअघि अप्सरी १७ खेलाडीको सूचीमा पनि थिइनन् । विश्वकप छनोटमा सहभागिता जनाउने टिममा रुबिना क्षेत्रीको कप्तानी रहेको टिमको तयारी अन्तिम चरणमा पुगेको छ । यही १८ तारिख देखि सुरु हुने प्रतियोगिताका लागि नेपाली टिम दुई दिन अगाडि थाइल्याण्ड प्रस्थान गर्नेछ ।

विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टिम यसप्रकार रहेको छ ।

रुबिना क्षेत्री (कप्तान)
सीता रानामगर (उपकप्तान) 
करुणा भण्डारी 
सरिता मगर 
नेरी थापा 
इन्दु बर्मा 
सोनु खड्का 
आरती विडारी 
काजल श्रेष्ठ 
रोमा थापा 
कविता कुवँर 
ममताकुमारी चौधरी 
विन्दु रावल 
अप्सरी बेगम 

अप्सरी बेगमले पहिलो पटक टिममा स्थान बनाएकी छिन् । उनले यसअघि टिममा रहेकी डल्ली भट्टको स्थानमा टिममा स्थान बनाएकी हुन ।

नेपालले पहिलो खेल मलेसिया विरुद्ध खेल्ने भएको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा मलेसिया विरुद्ध १९ फेब्रुअरीमा खेल्नेछ । यो प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिमले ग्लोबल क्वालिफायर्समा खेल्नेछ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया