चीनबाट ल्याउँदै गरेको सुनसहित रसुवामा एक जना पक्राउ

 फागुन ३, २०७५ शुक्रबार १७:१६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चीनको केरुङबाट अवैध रूपमा ल्याएको सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ ,थुमनका दावा छिरिङ तामाङ रहेका छन् । चीनको केरुङबाट काठमाडणै जाँदै गरेका तामाङ ४ सय ६२ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

केरुङबाट शुक्रबार काठमाण्डौ जान लागेका तामाङलाई गोसाईकुण्ड गाउँपालिका–६ खोपाङ भीरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रञ्जन अवालेले बताउनुभयो । तामाङ केरुङको एक होटलमा कार्यरत थिए । 

बरामद सुनको मूल्य २४ लाख ५९ हजार रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया