कञ्चनपुरमा बरामद गरिएको २४ किलो सुन राजश्वमा बुझाइयो

 फागुन ३, २०७५ शुक्रबार १७:२१:१० | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – कञ्चनपुरमा प्रहरीले बिहीबार बरामद गरेको झण्डै २४ किलोग्राम सुन थप अनुसन्धानका लागि कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा ल्याइएको छ ।  

दुईवटा पोकामा  रहेको झण्डै २४ किलोग्राम सुन प्रहरीले बुझाएको राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख विनोद दाहालले जानकारी दिनुभयो । प्रहरीले बुझाएको सुनमा एउटा पोकामा १०८ र अर्को पोकामा ३४ सिक्का रहेको राजश्व प्रमुख दाहालले जानकारी दिनुभयो । 

राजश्व अनुसन्धानले प्रहरीले बुझाएको सुन आवश्यक कारवाहीका लागि छिटा भन्दा छिटो राजश्व  अनुसन्धान विभागमा पठाउने जनाएको छ । 

प्रहरीले बिहीबार पहिलो पटक भारतको सीमाक्षेत्र पुनर्वासबाट १८ किलो सुन बरामद गरेको थियो भने बिहीबार नै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ बाट ५ किलो ६०० ग्राम सुन नियन्त्रणमा लिएको थियो । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया