साप्ताहिक शेयर समीक्षा: कम्पनीहरुले दोस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशन गर्ने क्रम जारी

 फागुन ३, २०७५ शुक्रबार १८:२६:४५ | ज्याेति दाहाल
unn.prixa.net

शेयरबजारमा बेमाैसम लागेको एक महिना पूरा भयो । कम्पनीले दोस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशन गर्ने क्रम चलिरहेको छ । वाणिज्य बैंक र विकास बैंक समूहका राष्ट्रियस्तरका विकास बैंकले पनि दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । 

जलविद्युत समूहको २४ सूचीकृत कम्पनीमध्ये १९ वटाले प्रकाशन गरेका छन् । सबैभन्दा ठूलो पूँजी भएको निर्माणाधीन अपर तामाकोशीले भने वित्तीय प्रतिवेदन प्रकाशित गरेको छैन । लघुवित्त समूहका ४० वटा सूचीकृतमध्ये ३९ वटाले वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । आशा लघुवित्त सूचीकरणको क्रममा रहेको छ । 

सूचीकृत कम्पनीले अझसम्म पनि साधारणसभा सकेका छैनन् । लामो समयसम्म संचित घाटामा रहेको प्रभु बैंकले यसपटक लाभांशसहित सभा आव्हान गरेको छ । प्रभु बैंक साविकको किष्ट बैंकको परिवर्तित नाम हो । साविकको प्रभु फाइनान्स, वैभव फाइनान्स र समृद्धि विकास बैंक गाभिएर प्रभु विकास बैंक बनेपछि साविकको किष्ट बैंकमा गाभिएको थियो । 

प्रभु बैंकले पछि ग्राण्ड बैंकलाई पनि गाभेको थियो । सरकारी स्वामित्व रहेको कृषि बैंकले पनि सभा आव्हान गरेको छ । अब वाणिज्य बैंकतर्फ प्राइम, नबिल, कुमारी, सिभिल, सेन्चुरी, नेपाल क्रेडिट एण्ड कमर्श र नेपाल बैंकले सभा गर्न बाँकी रहेको छ । 

कुमारी, सिभिल, नेपाल क्रेडिट एण्ड कमर्श बैंकले आर्थिक वर्ष २०७३र७४ देखिको सभा गरेका छैनन् । प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रियामा रेहको छ । विलय हुन लागेको ओमले पनि सभा गरेको छैन । राष्ट्रियस्तरको अन्य विकास बैंकतर्फ लुम्बिनी, कामना र देवले साधारणसभा गरेका छैनन् । 

देव विकास बैंकमा दाङमा रहेको वेस्टर्न डेभलपमेन्ट बैंक र सर्लाहीमा रहेको सहारा विकास बैंक विलय गर्न लागेको छ । ३ जिल्ले क्षेत्रीयस्तरका मितेरी, एक्सेल लगायतले पनि सभा आव्हान गर्न बाँकी रहेको छ । जनकपुरमा रहेको ३ जिल्ले सहयोगी विकास बैंकले सभा आव्हान गरेको छ । 

बीमा कम्पनी ९जीवन र निर्जीवन० दुवै समूहका कुनै कम्पनीले पनि सभा आह्वान गरेका छैनन् । सूचीकृत कम्पनीले सभा गर्न अझसम्म पनि बाँकी रहनुले कम्पनीमा सुशासनको कमी रहेको संकेत गर्छ ।

सूचीकृत कम्पनीको तालुकी अड्डा धितोपत्र बोर्डले पनि यसबारेमा कुनै पहल गरेको देखिन्न । धितोपत्र कानुनले बोर्डलाई सभा गर्न निर्देशन दिने विशेषाधिकार दिएको छ ।

त्यस्तै सूचीकृत कम्पनीले पनि पौष मसान्तमा सभा गर्न नसकिएको कारण खोलेर सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था अहिलेसम्म निस्क्रीय छ । 

नेपाल टेलिकमको थप २६ प्रतिशत शेयर बेच्ने हल्लाले यसको मूल्यमा यस हप्ता पनि गिरावट देखिएको छ । गत हप्ता ७ सय ७ रुपैयाँमा बजार बन्द भएको थियो यो हप्ता रु। १२ घटेर ६ सय ९५ मा कारोबार भएको छ ्र यसले समग्र परिसूचकलाइ असर पारेको छ ।

प्यानको बारेमा बहस जारी छ । यसलाई लगाउन हुन्छरहुन्न भन्ने विषय भन्दा यसलाई लिन लाग्ने समयको निरर्थक विषयमा बहस भएको देखिन्छ । यही बेला नेपाल स्टक एक्सचेन्जले सदस्य दलाललाई स्थायी लेखा नम्बर ९प्यान० को लागि सहजीकरण डेस्क राख्न निर्देशन दिएको छ ।

सूचक र बजार पूँजीकरण

यस हप्ता बजार पुरै ५ दिन खुलेको थियो ्र यस साता कारोबार मापन गर्ने नेप्से परिसूचक अधिकतम ११२८।८६ न्यूनतम,१११२।८७ र बन्द हुँदा १११२।८७ विन्दु कायम भएको छ। गत हप्ता नेप्से सूचक ११३९।५७ विन्दुमा बन्द भएको थियो । 

साताको अन्तिम दिन बजार पूँजीकरण १३ खर्ब, ५८ अर्ब, ४४ करोड, ७५ लाख कायम भएको छ । गत हप्ताको अन्तिम दिन १३ खर्ब ९० अर्व ६३ करोड ९७ लाख कायम भएको थियो । अघिल्लो हप्ताको तुलनामा यस हप्ता बजार पूँजीकरण २ दशमलव ३१ प्रतिशतले घटेको छ ।

सर्वाधिक पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण

 

यस हप्ताको सूचीकरण यसप्रकार रहेका छन् |

नयाँ शेयररहकप्रद

शेयरबजारमा हकप्रद र प्राथमिक शेयर जारी हुने क्रम चलिरहेको छ । कम्पनीले अहिले ऋणपत्र समेत जारी गर्ने क्रम बढाएका छन् । ऋणपत्र निष्कासन गर्ने बैंक रहेका छन् ।

पछिल्लो समयमा धितोपत्र बोर्डमा ऋणपत्र जारी गर्न अनुमति माग्ने बैंकको संख्या बढेको छ । ऋणपत्र सुरक्षित लगानीको क्षेत्र मानिन्छ । यसमा निश्चित वार्षिक व्याज पाइन्छ । यसलाई धितो बन्धक राखेर ऋण लिन पनि सकिन्छ । 

युनिभर्सल पावर कम्पनीमा मागभन्दा बढी आवेदन पर्नासाथ कुनै पनि बेला पूर्वसूचना दिएर बन्द गर्न सक्नेछ | ग्रीन लाइफको प्राथमिक शेयरमा दोलखा जिल्ला साविक गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्यांकु, जुंगु र लादुकका स्थानीय बासिन्दाले आवेदन गर्न पाउनेछन |

लाभांश घोषणा

नेप्सेमा सूचिकृत लाभांश घोषणा गर्ने क्रम चलिरहेको छ | तर बीमा कम्पनीले भने आर्थिक वर्ष २०७४/७५ को लाभांश घोषणा गरेका छैनन् | घोषित लाभांश तालिकामा पेश गरिएको छ |

 

वाणिज्य बैंक समूह

लघुवित्त समूह

वित्त, जलविद्युत, होटेल र व्यापार 

बीमा समूह

 

साधारणसभा र बुक क्लोज

कम्पनीहरुले साधारणसभा र बुक क्लोजको मिति घोषणा गर्ने क्रम चलिरहेको छ । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।

अन्य गतिविधि

गुह्येश्वरी मर्चेन्ट फाइनान्सको संस्थापक समूहको सञ्चालक रोशनी कसजुले राजीनामा गरेकी छिन् । सहयोगी विकास बैंकका गिरधारी शर्मा भुषालले पनि राजीनामा गरेका छन् । विजय लघुवित्तका सर्वसाधारणतर्फबाट प्रेमसागर सुवेदीले राजीनामा गरेका छन् ।

उन्नति लघुवित्तमा संस्थापकतर्फबाट केशवप्रसाद शर्मा, सर्वसाधारणतर्फबाट राजन तिवारी र कृष्णप्रसाद गौतम निर्विरोध निर्वाचित भएका छन् । हिमालयन बैंकमा सर्वसाधारण शेयरधनीको तर्फबाट विजयबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै राधाकृष्ण पोटेलाई स्वतन्त्र सञ्चालकमा मनोनयन गरेको छ ्र हाथवे फाइनान्सले सन्दिप शाहलाई सञ्चालकमा बाँकी कार्यकालको लागि मनोनयन गरेको छ ।

ओरियन्टल होटेल्स लिमिटेडका अध्यक्ष गोविन्ददास श्रेष्ठको मृत्युपछि कम्पनी प्रबन्ध सञ्चालक अनिलदास श्रेष्ठलाई मनोनयन गरेको छ ।

एनएमबी माइक्रोफ़ाइनान्सले मुरलीप्रसाद लम्साललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कामना सेवा विकास बैंकले प्रविण बस्नेतलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । किसान माइक्रोफाइनान्सले प्रकाश पोखरेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । 

धितोपत्र बोर्डले हिमालय उर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो, स्पर्श लघुवित्तलाई साधारण शेयर जारी गर्न अनुमति दिएको छ ।नेपाल एग्रो र इन्फिनिटी लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् ।

एसियन लाइफ इन्सुरेन्सलाइ हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको छ ।

त्यस्तै सनराइज र एनएमबी बैंकले ऋणपत्र जारी गर्नको लागि अनुमति मागेका छन् । सनराइज बैंकले पहिलोपटक ऋणपत्र जारी गर्न अनुमति मागेको हो ।

सेन्ट्रल फाइनान्स, शाइन रेसुंगा डेभलपमेन्ट, सोल्टी होटेल, सप्तकोशी डेभलपमेन्ट बैंक, एनआईसि एसिया बैंक बोनस शेयर दर्ता गरेका छन् । सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७३/७४ को बोनस शेयर दर्ता गराएको हो । 

अन्तिम अपडेट: चैत ११, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया