सरकार कर्णालीवासीको सुख र समृद्धिका लागि दूरगामी सोचका साथ अघि बढेको छ : मुख्यमन्त्री शाही

 फागुन ३, २०७५ शुक्रबार २०:१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीवासीको सुख र समृद्धिको लागि सरकार दूरगामी सोचका साथ अगाडि बढेको बताउनु भएको छ । 

आज प्रदेश सरकारले एक वर्षमा गरेका कामहरुको सार्वजनिक गर्दै उहाँले कर्णालीको विकास गर्न आगामी दिनका लागि मार्गप्रशस्त हुने आधार तयार गरेकोे बताउनुभयो ।  

संघीयता आफैमा नौलो विषय भएकाले एक वर्षमा गरिएका कार्यहरुबाट थप अनुभव र ऊर्जा मिलेको उहाँको भनाई छ ।  ‘एक वर्षमा गरिएका काम र कारबाही र संगालिएको अनुभवले आगामी दिनका लागि मार्गप्रशस्त हुने आधारहरु तयार गरेका छौँ’, उहाँले भन्नुभयो, ‘यसबाट हामीलाई थप ऊर्जा पनि मिलेको छ ।’  विभिन्न संरचनागत, कानुनी अस्पष्टताकाबीच पनि प्रदेश सरकारले आफ्ना कार्यहरु अगाडि बढाइरहेको बताउनुभयो । 

मुख्यमन्त्री शाहीले  कर्णाली प्रदेशको नामाकरण र राजधानी तोकेर ऐतिहासिक काम गरेको बताउनुभयो ।  प्रदेश सरकारले पहिलो वर्षलाई अध्ययन अनुसन्धान, योजना र कानुन निर्माणका लिएको भन्दै हालसम्म १७ वटा कानुन निर्माण, २७ वटा नीति निमावली, मापदण्ड, निर्देशिकाहरु  र प्रदेश मातहत १ सय ८ वटा संरचना निर्माण गरेको जानकारी दिनुभयो ।  

उहाँले कर्णालीमा विकासका गतिविधिहरुलाई अघि बढाउन योजना आयोगको गठन गरेर योजनाको अवधारणा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।  

मुख्यमन्त्री शाहीले यस अवधिमा अवधिमा प्रदेशको ठूला पूर्वाधारमा लगानी जुटाउने प्रयास भइरहेको बताउनुभयो । मुख्यमन्त्री शाहीले उहाँले आफूले चीन भ्रमण गरेर द्विपक्षीय आर्थिक सहयोगको सम्बन्धमा छलफल भएको र सडक निर्माण र स्तरउन्नतिका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो ।

‘प्रदेशमा लगानी भित्राउनका लागि साझेदारहरुसँग छलफल गरेका छौँ’, उहाँले भन्नुभयो, ‘योजना तयार गर्दैछौँ । यसको कार्य अन्तिम चरणमा पुगेको छ ।’ कर्णालीमा विकास निर्माणलाई अघि बढाउन विज्ञ टोलीसमेत गरिएको उहाँले बताउनुभयो । 

एक वर्षमा कर्णाली प्रदेशले गरेका कामहरु

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया