हिरो महिला गोल्डकप: नेपाल उपविजेता, म्यानमारले उचाल्याे उपाधि

 फागुन ३, २०७५ शुक्रबार २०:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाललाई ३-१ गाेल अन्तरले हराउँदै भारतमा जारी हिरो महिला फुटबलको उपाधि म्यानमारले उचालेकाे छ ।

उपाधिका लागि भएकाे खेलकाे पहिलाे हाफकाे ३४ औं मिनेटमा गाेल म्यानमारले पहिलाे गरेकाे थियाे । लिग चरणमा नेपाललाई ३-० ले पराजित गरेकाे म्यानमार फाइनलमा पनि निकै बलियाे देखिनुका साथै उसकाे बल नियन्त्रण पनि नेपालकाे तुलनामा निकै राम्राे थियाे ।  

तर, पहिलाे हाफकाे इन्ज्युरी समयमा नेपालकी मञ्जली याेन्जनले गाेल गर्दै १-१ गाेलकाे स्थितिमा पुर्‍याइन् । त्यसपछि खेलकाे ५३ औं मिनेटमा विन तोङले दाेस्राे तथा ६३ औं  मिनेटमा इ उकाे व्यक्तिगत दाेस्राे गाेलकाे मदतले म्यानमारले ३-१ गाेलकाे अग्रता बनाएकाे थियाे ।

यसअघि, खेल सुरु हुनुभन्दा पहिले नेपाल र म्यानमारको राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका सीआरपीएफका जवानहरुको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए । 

भारतले आयाेजना गरेकाे याे प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी थिए । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया