फ्रोसिनवनविरुद्ध रोनाल्डो, डिबाला र लियोनार्दाेको एक–एक गोल, सिरी एमा युभेन्टसले १४ अंकको अग्रता बनायो,

 फागुन ४, २०७५ शनिबार ८:२४:३६ | एजेन्सी
unn.prixa.net

साविक विजेता युभेन्टसले इटालियन सिरी ए को शीर्ष स्थानमा १४ अंकको स्पष्ट अग्रता बनाएको छ । 

गएराति भएको खेलमा युभेन्टसले रेलिगेसनबाट बच्न संघर्षरत फ्रोसिनवनलाई ३–० गोलले पराजित गर्‍यो ।

खेल सुरु भएको छैटौं मिनेटमै पाउलो डिबालाले क्रिष्टियानो रोनाल्डोको पासमा गोल गरी युभेन्टसलाई अग्रता दिलाएका थिए । लियोनार्दो बोनुक्कीले १७ औं मिनेटमा गोल गरी एलियान्ज रंगशालामा उपस्थित घरेलु समर्थकलाई खुशी तुल्याए ।

पहिलो हाफमा २–० ले अगाडि रहेको युभेन्टसले दोस्रो हाफमा अर्को गोल थप्यो । रोनाल्डोले ६३औं मिनेटमा गोल गरी जारी सिजन आफ्नो गोल सख्या २१ पुर्‍याए ।  

युभेन्टसको २४ खेलबाट ६६ अंक भएको छ भने दोस्रो स्थानको नेपोलीको ५२ अंक छ । उसले १ खेल कम खेलेको छ । नेपोलीले आज टोरिनोसँग खेल्दैछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया