डीपीएल: वर्षाका कारण आजकाे खेल रद्द, महेन्द्रनगरसँग अंक बाँडेसँगै धनगढी प्रतियाेगिताबाट बाहिरियाे

 फागुन ४, २०७५ शनिबार १५:५५:८ | उज्यालो सहकर्मी

कैलाली - धनगढी प्रिमियर लिग डीपीएल अन्तर्गत शनिबारका लागि तय भएको दोस्रो खेल रद्द भएको छ ।

खेल्नका लागि मैदान योग्य नभएपछि खेल स्थगित भएका कारण महेन्द्रनगर र धनगढीले १–१ अंक बाँडेका छन् । 
यद्यपि आइतबारका लागि भने मैदान तयार रहने बताइएको छ । अब पानी सुकेको र आइतबारका लागि खेल्न तयार रहने बताइएको छ ।

आज खेल नभएपछि धनगढी एक खेल अगावै प्लेअफबाट बाहिरियो । महेन्द्रनगर भने तीन खेलबाट दुई अंक जोड्न सफल भएको छ ।

महेन्द्ररनगरको भने तीन खेलबाट एक अंक सहित पाँचौं स्थानमा छ । शीर्ष स्थानमा रहेको पाँच अंकसहित काठमाडौं गोल्डेन्स शीर्ष स्थानमा छ । अत्तरिया, रुपन्देही र विराटनगरको ४–४ अंक छ । महेन्द्रनगरको दुई अंक भएको छ भने धनगढीको एक अंकमात्र छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया