रक्सी खाएकाे भन्दै आफ्नै बाबुको हत्या गरेकाे आराेपमा पक्राउ परेका युवक सार्वजनिक

 फागुन ४, २०७५ शनिबार १८:९:१० | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानमा आफ्नै बाबुको हत्या आराेपमा पक्राउ परेका युवकलाई प्रहरीले शनिबार सार्वजनिक गरेकाे छ ।

त्रिवेणी गाउँपालिका –२, कारागीठी ज्यामिरेका २० वर्षीय दुर्गा बहादुर रानाले आफ्नै बाबु कृष्ण बहादुर रानाको हत्या गरेको प्रहरीले जनाएको छ।

कृष्णका जेठा छोरा दुर्गाले आफ्नै ४० वर्षीय बाबुलाई गएको माघ २८ गते कुटपिट गरि हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

अत्यधिक जाँडरक्सी स्वन गर्ने गरेका कृष्णलाई छोरा दुर्गाले बारम्बार सम्झाउँदा पनि नमानेपछि आवेशमा आएर छोराले बाबुको हत्या गरेको प्रहरीको अनुसन्धान बाट खुलेको प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

‘अत्यधिक रक्सी सेवन गरेका बुबाले आमासँग झगडा गरी स्थानीय हेमराज पुनको घरमा गएपछि मैले बुबालाई घर जाउँ भनी सम्झाउन खोज्दा नमानेपछि कुटपिट गरेको हूँ,’ छोरा दुर्गाले अनुसन्धानका क्रममा भनेका छन् ।

छोरा दुर्गाले हात खुट्टा र लठ्ठीले बाबु कृष्णलाई प्रहार गरेपछि रक्ताम्य भएका बाबु २९ गते बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको उहाँले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लुहामबाट गएको प्रहरी टोलीले त्यसैदिन दुर्गालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको भए पनि शनिबारमात्र सार्वजनिक गरेको हो ।

सल्यान जिल्ला अदालतबाट थप १० दिनको म्याद लिई दुर्गालाई थप अनुसन्धान भैराखेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया