मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष रावलको आपत्ति

मोदीको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिनु भएको अभिव्यक्तिप्रति आपत्ति

 बैशाख ३१, २०७५ सोमबार १३:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

भिम रावल

काठमाडौं, वैशाख ३१ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिनु भएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मुख्यमन्त्री राउतसँग यो अभिव्यक्ति तत्काल सच्याउन पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

जनकपुरमा भएको भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री राउतले ‘संविधानविरुद्ध संघर्ष’ गरिरहनु परेको अभिव्यक्ति दिनु भएको थियो ।

सो अभिव्यक्ति कूटनीतिक मर्यादासमेत उलंघन हुनेगरी आएको भन्दै उपाध्यक्ष रावलले तत्काल सच्याउन माग गर्नुभयो । 

उपाध्यक्ष रावलले मोदी भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति पनि निन्दनीय भएको भन्दै आपत्ति जनाउनु भयो । मोदी नेपाल भ्रमणमा आएका बेला भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गर्नु भएको थियो । आजादको यो टिप्पणी नेपालको स्वाभिमानविरुद्ध भएको भन्दै उपाध्यक्ष रावलले आपत्ति जनाउनु भएको हो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया