पाँचथरकाे छुट्टाछुटै ठाँउमा परेको चट्याङ लागेर १ जनाको मृत्यु, ९ जना घाइते

 फागुन ४, २०७५ शनिबार २०:४८:४१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – छुट्टाछुटै ठाँउमा परेको चट्याङले लागेर पाँचथरमा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 

शनिबार दिउसो झरिसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउपालिका– ३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको ज्यान गएको हो । चट्याङ लागेर उनकै भाई ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । 

घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा रेफर गरिएको छ । पानी परेको समयमा घरमै वसेको वेलामा चट्याङ पर्दा दाजुको घटनास्थलमै ज्यान गएको र भाई घाईते भएको पाँचथर प्रहरीले जनाएको छ । यस्तै शनिबार नै परेको चट्याङ लागेर जिल्लाको फालेलुङ गाउपालिका–५ प्राबुङमा पनि ८ जना घाइते भएका छन् । 

स्थानीय फौदमान तामाङको घरमा चट्याङ पर्दा घरमा बसिरहेको मानिसहरु घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया