प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
पाँचथर - स्कुटरको ठक्करबाट पाँचथरमा आइतबार एकजनाको ज्यान गएकाे छ ।
आइतबार दिउँसो मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका - ३ लालीखर्कबाट फिदिमतर्फ आउँदै गरेको मे १ प २५७३ नम्बरको स्कुटरले ठक्कर दिँदा लालीखर्क निवासी अन्दाजी ३८ वर्षीय पैदल यात्रि गोपाल राईको मुत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका राईको समर्पित अस्पताल फिदिममा उपचारको क्रममा ज्यान गएको हो ।
राईलाई ठक्कर दिने स्कुटर चालक वर्ष ५० का टंक श्रेष्ठ पनि घाइते भएको र उनको समर्पित अस्पताल फिदिममा उपचार भइरहेको पाँचथरका ट्राफिक प्रहरी प्रमुख जनक तिमल्सिनाले जानकारी दिनुभयाे ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।