मेयर राणाले बिरामीलाई दिए एक महिनाको तलब

 फागुन ६, २०७५ सोमबार १६:२८:१५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले एक जना गम्भीर बिरामीलाई उपचारका लागि एक महिनाको तलबभत्ता सहयोग गर्नुभएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का पुनम नेपालीलाई थप उपचारका लागि सोमबार एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । 

मेयर राणाले प्रत्येक महिनाको तलबभत्ता सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । 

यसअघि मेयर राणाले गएको महिना एक महिनाको तलबभत्ता नेपालगञ्जस्थित मदरसा गौसिया जाउल इस्लामलाई सहयोग गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया