पहिलो हाफसम्म ब्राजिल र कोस्टारिका बराबरी

 असार ८, २०७५ शुक्रबार १८:४२:१८ | एजेन्सी

रुस विश्वकपको समूह चरण अन्तर्गतको दोस्रो खेलमा अहिले रुसको सेन्ट पिटर्सबर्ग रंगशालामा ब्राजिल र कोस्टारिका खेलिरहेका छन् । 

समूह चरणको पहिलो खेलमा जितविहीन दुवै टोली आज पहिलो जितको खोजीमा छन् । खेलको पहिलो हाफको अन्त्यसम्म कुनै पनि टोलीले गोल गर्न सकेका छैनन् । ब्राजिलले पटक–पटक पाएको अवसरलाई गोल गर्न भने सकेन । 

आफ्नो पहिलो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेपछि पाँचपल्टको विश्वविजेता टोली ब्राजिल जित्नै पर्ने दबाबमा रहेको छ । साथै सर्बियासँग एक–शून्यले पराजित भएको कोस्टारिका पनि आज जितको खोजीमा छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया