ओखलढुंगाका पसलमा म्याद गुज्रिएका औषधि

 असार ८, २०७५ शुक्रबार १८:५०:१ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – स्थानीय प्रशासनले ओखलढुंगाका औषधि पसलहरुमा अनुगमन गरेर म्याद गुज्रिएका औषधि बरामद गरेको छ । 

ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडेलको नेतृत्वमा चिकित्सकसहितको अनुगमन टोलीले गरेको अनुगमनमा दुईवटा मेडिकलमा म्याद गुज्रेका औषधि फेला परेका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ११, रमाइलोडाँडामा सञ्चालित विणा औषधि पसल र कोचइ फार्मेसीमा म्याद गुज्रेका औषधि बरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडलले जानकारी दिनुभयो । 

बरामद गरिएका औषधि नष्ट गरिएको छ । शुक्रबार  गरेको अनुगमनमा सदरमुकाममा सञ्चालित आधिकांश औषधि पसल मापदण्ड विपरीत भएको पाइएको छ । टोलीले ओखलढुंगाका ९ ओटा औषधि पसलमा  अनुगमन गरेको छ । 

औषधि पसलहरुले म्याद गुज्रेका औषधि बेच्ने, प्रमाणपत्र एउटाको राखेर अर्कैले चलाउने, मेडिकलले बेच्न नपाउने औषधि बिक्रीवितरण गर्ने र डाक्टरको सिफारिसबिनै उपचार गर्ने गरेको पाइएको छ । 

अनुगमन टोलीले अनियमित तरिकाले सञ्चालन भएका औषधि पसलहरुलाई लिखित निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ । निर्देशन तत्काल पालन नगरे कानुनी कारबाही थालिने सहायक प्रजिअ पौडेलले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया