कश्मीर आक्रमणका ‘मास्टरमाइन्ड’ अब्दुल रशीद गाजी मारिए

 फागुन ७, २०७५ मंगलबार ८:६:६ | एजेन्सी
unn.prixa.net

जम्मू–कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारतीय सुरक्षा बलले गरेको कारबाहीमा तीन जना चरमपन्थी मारिएको भारतीय अधिकारीले जनाएका छन् । 

सोमबार पुलवामाको पिंगलानामा भएको ‘इन्काउन्टर’ मा फेब्रुअरी १४ मा भएको आक्रमणका ‘मास्टरमाइन्ड’ समेत मारिएको भारतीय सुरक्षा अधिकारीले दाबी गरेका छन् । जवाफी कारबाहीमा एक मेजरसमेत ४ जना भारतीय सुरक्षाकर्मीको पनि ज्यान गएको छ । 

सोमबारको कारबाहीमा पुलवामा आक्रमणका ‘मास्टरमाइन्ड’ कामरान गाजी मारिएको बताइएको छ । जैश–ए–मोहम्मदसँग जोडिएका हिलाल अहमद र अब्दुल रशीद गाजी पनि कारबाहीमा मारिएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् । 

अब्दुल रशीद गाजी आत्मघाती आक्रमणमा संलग्न आदिल अहमद डारका ह्याण्डलर भएको बताइएको छ । त्यस्तै अब्दुल रशीद गाजी जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरका प्रमुख विश्वासपात्र पनि भएको बताइएको छ । उनी हतियार र विस्फोटक पदार्थ विशेषगरी आईडीका एक्सपर्ट थिए । गाजी अफगानिस्तानमा आतंकवादी गतिविधिमा संलग्न थिए । जहाँ उनले जैश–ए–मोहम्मदका लागि तालिम दिने गर्थे । 

भारतीय गुप्तचर संस्थाका अनसार डिसेम्बर ९ तारिखका दिन गाजी आफ्ना साथीहरुसँगै कश्मीर प्रवेश गरेका थिए । उनी अफगानिस्तानमा अमेरिती तथा नेटो सेनाविरुद्ध लडिरहेका थिए । उनी कश्मीर प्रवेश गरेलगत्तै पुलवामालाई आफ्नो अड्डा बनाएका थिए । त्यसपछि उनले आक्रमणकारी आदिल अहमद डारलाई सम्पर्क गरेका थिए ।

आदिललाई कार बम विस्फोट गराउने तालिम गाजीले नै दिएका थिए

सुरक्षा अधिकारीहरुका अनुसार आदिल अहमद डारलाई बम विस्फोट गराउने पुरै तालिम गाजीले नै दिएका थिए । भारतीय सैनिक अधिकारीहरुका अनुसार आदिल अहमद डारले सी ग्रेडको कार बम विस्फोटको तालिम गाजीसँगै लिएका थिए ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया