किर्ते गरी भारतीय नागरिकलाई नागरिकता बनाइदिएकाे आरोपमा एक जना पक्राउ

 फागुन ७, २०७५ मंगलबार ८:२९:५१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – झुटो विवरण पेश गरी किर्ते नागरिकता लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ बस्ने ५० वर्षीय उत्तमलाल साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रहरीका अनुसार साहले आफ्नो ज्वाइँ नाता पर्ने भारतीय नागरिकलाई २०६३ साल माघ १४  गते पिता बनेर झुटो प्रमाण पेश गरी नागरिकता प्रमाणपत्र लिएको मुद्दामा अनुसन्धानको सिलसिलामा सप्तरी जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप लिई थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । 

पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय सप्तरीबाट भारतीय नागरिकहरुले कर्मचारीकै मिलेमतोमा नेपाली नागरिकता लिने गरेको पाइएको छ ।


 

अन्तिम अपडेट: चैत २७, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया