निर्वाचन दिवस मनाइँदै

 फागुन ७, २०७५ मंगलबार ९:१०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ’ भन्ने नाराका साथ आज तेस्रो निर्वाचन दिवस मनाइँदैछ । 

२०१५ साल फागुन ७ गते आमनिर्वाचनका लागि पहिलो पटक मतदान भएको दिनलाई आधार मानेर निर्वाचन आयोगले निर्वाचन दिवस मनाउँदै आएको छ । 

दिवसका अवसरमा दिउँसो २ बजेपछि आयोगको कार्यालय परिसरमा विशेष्न समारोह आयोजना गरिएको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो । समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुनेछ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया