मिक्स्चरले च्यापिएर ठेकेदारको ज्यान गयो

 फागुन ७, २०७५ मंगलबार १०:४६:२० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सिमेन्ट तथा बालुवा फिट्ने मिक्चरले च्यापिएर ठेकेदारको ज्यान गएको छ । 

सोलु दूधकुण्ड नगरपालिका–७, मा रहेकोगार्मा माविको निर्माणाधीन भवनमा काम गर्ने क्रममा मिक्स्चरले च्यापिएर सोलु दूधकुण्ड नगरपालिका–४, का धनकुमार श्रेष्ठको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार भवनको ठेकेदारसमेत रहेको श्रेष्ठलाई सोमबार साँझ गाडीमा मिक्स्चर लोड गर्दै गर्दा त्यही लडेर त्यही मिक्स्चरले च्यापेको हो । 

गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको छातीमा चोट लागेको बताइएको थियो । मृतकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया