तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
धनकुटा – धनकुटा बहुमुखी क्याम्पस धनकुटाका पूर्व क्याम्पस प्रमुख एवम् समाजसेवी उपेन्द्र पोखरेलको निधन भएको छ ।
मुटु, पायल्स, हड्डीलगायत विभिन्न रोगबाट लामो समयदेखि पीडित ७५ वर्षीय पूर्व क्याम्पस प्रमुख पोखरेलको गएराति आफ्नै निवासमा निधन भएको उहाँकी छोरी मनुजा पोखरेलले बताउनुभयो । धनकुटा नगरपालिका–३, कचिँडे स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१०, तीनटोलियामा परिवारसहित पोखरेल बस्दै आउनु भएको थियो ।
लामो समयसम्म धनकुटा बहुमुखी क्याम्पस धनकुटामा प्राध्यापन गरेका पोखरेलले २०४८ सालदेखि २०५५ सालसम्ममा दुई पटक ८ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
शालीन, मृदुभाषी, व्यक्तित्व भएका पूर्व क्याम्पस प्रमुख पोखरेलको निधनले धनकुटा बहुमुखी क्याम्पसले मात्र नभई सिंगो धनकुटाले अग्रणी व्यक्तित्व र अभिभावक गुमाएको धनकुटा बहुमुखी क्याम्पस धनकुटाका निमित्त क्याम्पस प्रमुख किरण घिमिरेले बताउनुभयो ।
मृतक पोखरेलको आज विराटनगरस्थित घर नजिक अन्त्येष्टि गरिने उनका आफन्तले बताएका छन् । पोखरेलको एक श्रीमती र चार छोरीहरु रहेका छन् ।