भारतीय वायु सेनाका दुई जहाज एयर शोकै रिहर्सलका क्रममा आकाशमा ठोक्किए

 फागुन ७, २०७५ मंगलबार १२:४३:२६ | एजेन्सी
unn.prixa.net

कर्नाटकको बेंग्लोरमा चलिरहेको भारतीय वायु सेनाको एयर शोकै क्रममा दुर्घटना भएको छ । 

यलहांका विमानस्थलमा एयर शोका क्रममा सूर्यकिरण एयरक्राफ्टका दुई विमान एक आपसमा ठोक्किएका छन् । एयरक्राप्टका दुवै पाइलट भने सकुशल भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । उनीहरुको अवस्था कस्तो छ भन्नेबारेमा भने केही बताइएको छैन । दुर्घटनाग्रस्त जहाजले लागेर एक जना नागरिक पनि घाइते भएकाे बताइएकाे छ ।

दुर्घटनापछि दुवै विमान येलहांकाकाे न्यू टाउन एरियामा खसेकाे बेंग्लाेर प्रहरीले जनाएकाे छ । 

रिहर्सलका क्रममा दुवै एयरक्राफ्ट उडान भर्ने क्रममै आकाशमा ठोक्किन पुगेका हुन् । औपचारिक रुपमा भारतीय वायु सेनाले भोलिदेखि ५दिवसीय एयर शो गर्दैछ । त्यसैको पूर्व सन्ध्यामा रिहर्सलका क्रममा विमान दुर्घटनामा परेको हो । 
 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया