सञ्चार माध्यमलाई सरकारको विरोध वा समर्थनको केन्द्र नबनाउँ : सञ्चारमन्त्री बाँस्कोटा

 फागुन ७, २०७५ मंगलबार १४:१७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यमहरुलाई सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न आग्रह गर्नुभयो । 

सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री बाँस्कोटाले सरकारी सञ्चार माध्यमले पनि सरकारको गुनगान गाइरहन नपर्ने पनि स्पष्ट पार्नुभयो । सञ्चार  माध्यमहरुले कसैको विरोध वा समर्थनभन्दा पनि तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न आग्रह गर्नु भयाे ।  

मंगलबार राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै निजी क्षेत्रको सञ्चार माध्यमप्रति आक्रोश पनि व्यक्त गर्नु भयो ।

राष्ट्रिय समाचार समितिले गर्दै आएको कामप्रति सन्तुष्ट हुने ठाउँ नरहेको भन्दै मन्त्री बाँस्कोटाले समितिलाई सत्यतथ्य समाचारको केन्द्र बन्न सचेत गराउनु भयो । 

कार्यक्रममा ‘राष्ट्रिय समाचार समिति (रासस) पत्रकारिता पुरस्कार’बाट राससका विष्णुप्रसाद नेपाल र नीरजकुमार गौतमलाई सम्मान गरिएको थियो । राष्ट्रिय समाचार समितिले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया