मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गयाे, अर्का एकजना गम्भीर घाइते

 फागुन ७, २०७५ मंगलबार १७:५२:२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा मोरसाइकलको पछाडि बसेकी सिंचाई कार्यालय ताप्लेजु मा कार्यरत २७ वर्षकी सृजना गुरुङको ज्यान गएको हो । इलामको देउमाई नगरापालिका–१ की गुरुङलाई जिल्ला अस्पताल पु¥याउँदा मृत्यु भएको प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो । 

प्रहरी प्रमुख डीएसपी थापाले जिल्ला सदरमुकाम क्षेत्रकोे मालपोत कार्यालयको बाटोबाट आउने क्रममा मोटरसाइकल करिब १५ मिटर तल मेची राजमार्गमा खसेको थियो । 
ना २१ प ५६२८ नम्बरको मोटर साइकल चालक पाथीभरा याङवरक–१ नाङखोल्याङका २५ वर्षका अमिर बर्देवा गम्भीर घाइते भएको र जिल्ला अस्पताल ताप्लेजुङले उपचार गर्न नसकेपछि धरान रेफर गरिएको प्रहरी प्रमख थापाले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया