देशको समृद्धिका लागि नयाँ योजना चाहिन्छ : पूर्व प्रधानमन्त्री डा.भट्टराई

 फागुन ७, २०७५ मंगलबार १९:१:२८ | राजु लामिछाने
unn.prixa.net

रुकुमपूर्व – पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले देशको समृद्धिको लागि नयाँ योजना आवश्यक रहेको बताउनुभएको छ ।

नयाँशक्ति नेपालले सुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियान अन्तर्गत मंगलबार रुकुमपूर्वको रुकुमकोट पुग्नुभएका डा. भट्टराईले स्रोत र साधनले भरिपूर्ण देशमा नयाँ सोच र योजनाका साथ अगाडि बढे समृद्धि धेरै टाढा नरहेको बताउनुभयो ।

विकासको गतिलाई तीव्र बनाउन नयाँशक्ति पार्टी लागि परेको उहाँले उल्लेख गर्नुभयो । 

आफू प्रधानमन्त्री हुँदा सुरुवात गरिएका राजमार्ग मध्ये पुष्पलाल राजमार्ग सबैभन्दा बढी विकसित भएको उहाँले बताउनुभयो । यो राजमार्ग हुँदै रुकुमकोट पुग्नुभएका डा. भट्टराईले पुष्पलाल राजमार्गले समृद्धिको ढोका खोलिसकेको भन्दै आफ्नाे राय व्यक्त गर्नुभयाे। 

‘विकास निर्माण राजनीतिसँग जोडिएको हुन्छ’ डा. भट्टराईले भन्नुभयो, ‘भ्रष्टाचार र अनियमितता भयो भने विकास हुनै सक्दैन ।’ भ्रष्टाचार मौलाउँदै गइरहेको बताउँदै उहाँले भ्रष्टाचार निर्मूल पार्न सरकारले कुनै चासो नदेखाएको आरोप पनि लगाउनुभयो । 
 

अन्तिम अपडेट: भदौ २२, २०७६

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया