गाउँ प्रहरीका लागि १७ जनाको आवेदन

 फागुन ८, २०७५ बुधबार ६:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकामा गाउँ प्रहरी भर्नाका लागि १७ उम्मेदवारको आवेदन परको छ । 

गाउँ प्रहरीमा भर्नाका लागि माघ २२ गतेदेखि फागुन ७ गतेसम्मको आवेदन म्याद दिएकामा १७ जनाको आवेदन परेको गाउँपालिकाका सूचना अधिकारी युवराज फुयाँलले बताउनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐनअनुसार शान्ति सुरक्षा एवं नीति नियमलाई प्रभावकारी कार्यान्यवनका लागि गाउँपालिकाले जिल्लामै पहिलोपल्ट गाउँ प्रहरीको भर्ना गर्न लागेको हो । पाँच हजार नागरिकका लागि एक जना गाउँ प्रहरीको व्यवस्था गर्नेगरी गाउँ प्रहरी कार्यविधि ल्याइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । 

लिखित, शारीरिक तन्दुरुस्ती परीक्षण र अन्तरवार्ताका आधारमा छनौट हुने गाउँ प्रहरीलाई गाउँपालिकाभित्रकै कार्यक्षेत्रमा खटाइने छ । गाउँ प्रहरीमा पुरुषलाई मात्र अवसर दिइएकामा गाउँपालिकाभित्रका इच्छुक महिला भने असन्तुष्ट छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया