बलिउड कलाकारले पैसा लिएर बीजेपीलाई समर्थन गरेको खुलासा, महिमा भन्छिन् : बीजेपीले महिनाकै एक करोड दिन सक्छ

 फागुन ८, २०७५ बुधबार १३:१९:२२ | एजेन्सी
unn.prixa.net

भारतीय खोजमूलक वेबसाइट कोब्रा पोस्टले ‘अपरेशन क्याराओके’ माफर्त बलिउडका तीन दर्जनभन्दा चर्चित हस्तीले पैसा लिएर कुनै अमूक राजनीतिक दलको प्रचारमा लागेको खुलासा गरेको छ ।

वेबसाइटका अनुसार बलिउडका केही चर्चित हस्तीले पैसा लिएर सामाजिक सञ्जालमा राजनीतिक पार्टीको प्रचारप्रसार गरेको खुलासा भएको छ । यसमा भारतका चर्चित गायक, कमेडियन तथा अभिनेता रहेका छन् । 

कोब्रा पोस्टका दुईजना रिपोर्टर असित दीक्षित र उमेश पाटिलले एक छद्म पीआर एजेन्सीका प्रतिनिधि बनेर बलिउडकर्मीसँग भेटेका थिए । यसै सिलसिलामा कोबरा पोस्टका टिमले अभिनेत्री महिमा चौधरीसँग मुम्बईमा भेटेका थिए । 

रिपोर्टरले आम सर्वसाधारणको ‘ब्रेन वाश’ गर्न आफ्नो सामाजिक सञ्जाल प्रयोग गरेर कुनै पार्टीलाई राजनीतिक फाइदा पुर्याउन चाहनुहुन्छ भनेर महिमालाई सोधेका थिए । 

पैसाको कुरा हुनेबित्तिकै महिमाले भारतीय जनता पार्टी(बीजेपी) ले एक महिनाको एक करोड रुपैयाँसम्म दिन सक्ने बताएकी थिइन् । 

यसरी पार्टीलाई पैसा लिएर समर्थन गर्ने कुराको खुलासा भएको सूचीमा कैलास खेर, राजपाल यादवदेखि श्रेयष तल्पडेसम्मका कलाकार रहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया