डीपीएलकाे पहिलो क्वालिफायर: काठमाण्डाै गाेल्डेन्सलाई सीवाइसी अत्तरियाकाे १११ रनकाे लक्ष्य

 फागुन ८, २०७५ बुधबार १५:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - धनगढी प्रिमियर लिगको पहिलो क्वालिफायर्समा सीवाइसी अत्तरियाले काठमाण्डाै गाेल्डेन्सलाई एक सय ११ रनको लक्ष्य दिएको छ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय १० रन बनायो । मध्यम सुरुवात गर्दै अत्तरीयाले २६ रनमा पहिलो विकेट गुमायो । उसका ओपन जयकिशन कोल्सावाला मात्र १३ रनमा आउट भए । त्यसको लगत्तै रित गौतम खाता नखोली पेभेलियन फर्किएपछि अत्तरियाले दोस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्रसिंह ऐरी र सुविन्धु पाण्डेले तेस्रो विकेटका लागि ३० रनको साझेदारी गरे । अत्तरीयाको स्कोरबोर्डमा ६६ रन हुँदा तेस्रो विकेटका रुपमा कप्तान दिपेन्द्रसिंह ऐरी ३३ रनमा आउट भए । त्यसको लगत्तै अर्का खेलाडी सुविन्धु पाण्डे पनि पेभेलियन फर्किए । उनले १६ रन बनाए ।

पाँचौ विकेटका लागि सन्नी पटेल र जितेन्द्रसिंह ठकुरीले ३५ रनको साझेदारी गरेपनि दुबै खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि अत्तरीयाले एक सय ६ रनमा ६ विकेट गुमायो । सन्नी पटेल २८ रनमा आउट भए भने जितेन्द्र मात्र ६ रनमा पेभेलियन फर्किए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया