‘गली ब्वाय’ हेरेपछि कट्रिना केफले गरिन् आलिया र रणवीरकाे प्रश‌ंसा

 फागुन ८, २०७५ बुधबार १७:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

रणवीर सिंह र आलिया भट्ट अभिनित फिल्म ‘गली ब्वाय’ रिलिज भएसँगै यस फिल्मले दर्शक तथा फिल्म समीक्षकहरुको तर्फबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

आम दर्शक तथा बलिउडका कलाकारहरुले समेत आलिया र रणवीरको प्रशंसा गरिरहेका छन् । यसैबीच अभिनेत्री कट्रिना केफले पनि फिल्म ‘गली ब्वाय’ हेरिसकेपछि अभिनेत्री आलिया भट्ट लगायत फिल्मका सम्पूर्ण टिमको निकै नै प्रशंसा गरेकी छिन् । 

कट्रिना केफले उनको इन्स्टाग्राम एकाउन्टको डे मा पोष्ट गर्दै फिल्म ‘गली ब्वाय’ की निर्देशक जोया अख्तरको कामको प्रशंसा गरेकी छिन् । साथै कट्रिनाले अभिनेत्री आलिया भट्टको प्रशंशा गर्दै भनेकी छिन्, ‘आलिया तिमी जब जब स्क्रीनमा आउँछौ, तब दर्शकको अनुहारमा पनि एक खालको चमक आउने गर्छ ।’ 

कट्रिनाले अभिनेता रणवीर सिंह र अन्य कलाकारको अभिनयको पनि तारिफ गरेकी छिन् । कट्रिना केफको यस किसिमको इन्स्टाग्राम पोष्ट देखेर अभिनेत्री आलिया भट्टले पनि उनको सामाजिक संजाल अकाउन्ट मार्फत एउटा पोष्ट शेयर गरेकी छिन् ।

जसमा आलियाले लेखेकी छिन्, ‘कट्रिना केफ तिमी सबैभन्दा असल छौ ।’ 

केही समय अघि सार्वजनिक खबरहरुका अनुसार आलिया भट्ट र कट्रिना केफबीचको सम्बन्ध बिग्रिएको बताइएको थियो । 

कट्रिनाका पूर्व प्रेमी रणबिर कपूरलाई आलियाले डेट गर्न सुरु गरेपछि कट्रिना आलियासँग टाढिएको बताइएको थियो । तर अहिले कट्रिनाले सामाजिक संजालमा आलियाको प्रशंसा गरेको पोष्ट हेर्दा यी दुवैै अभिनेत्रीबीचको सम्बन्ध सुमधुर रहेको कुरा प्रष्ट हुन्छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया