‘मोबाइल एप’ मार्फत कन्सुलर सेवा : वैदेशिक रोजगारीमा रहेकाहरुलाई सजिलो हुने

 फागुन ८, २०७५ बुधबार १९:७:४५ | रासस
unn.prixa.net

काठमाण्डौ - कन्सुलर सेवा विभागको ‘नेपाल कन्सुलर मोबाइल एप’ मार्फत अब सेवाग्राहीले सेवा पाउने भएका छन् । 

भौगोलिक कठिनाइ र अन्य समस्यालाई ध्यानमा राख्दै विभागले मोबाइल एप सञ्चालनमा ल्याएको हो । एपको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीमा समस्या देखिएको बेला पीडित र रोजगारीमा गएकाको परिवारलाई प्रभावकारी सेवा दिन एप्सको निर्माण गर्नु उदाहरणीय काम भएको बताउनुभयो ।

अहिले सरकारी सेवामा पनि डिजिटल प्रविधि भित्रिएर सेवा बिस्तार हुँदै जाँदा नेपालले नयाँ फड्को मारिरहेको परराष्ट्र सचिव शङ्करदास बैरागीले बताउनुभयो । विभागको डिजिटल सेवाबाट नागरिकले सहज सेवा पाउन सक्ने उहाँको भनाइ थियो । दुर्गम क्षेत्रका जनतालाई काठमाडौँसम्म धाउनुपर्ने बाध्यताबाट मुक्ति दिन विभागले नयाँ एप्सलाई सञ्चालनमा ल्याएको विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले बताउनुभयो । वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीको निवेदन समेत उनीहरुका परिवारले तत्काल विभागमा जानकारी गराउन सक्ने उहाँले बताउनुभयो । 

नयाँ एप्समार्फत वैदेशिक रोजगारीमा गएर समस्यामा परेका कामदारले तत्काल त्यसबारे जानकारी विभागमा गराउन सक्नेछन् भने उक्त एप्स एन्ड्रोयड मोबाइलमार्फत विभागको नेपाल कन्सुलरको पेजमा गएर डाउनलोड गर्न सकिनेछ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया