भारतमा जारी डा. ता आओ अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित

 फागुन ८, २०७५ बुधबार २०:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालको यू–२१ टिम भारतमा जारी डा. ता आओ अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ ।

आज भएको खेलमा नेपाली टिमले मेघालयसँग ३( २ गोलले पराजित भएको हो । मेघालयले १५ औं मिनेटमा रोवर्ट खोङ जोको गोल मार्फत अग्रता बनाएको थियो ।

३८ औं मिनेटमा राजीव लोप्चनको पासमा रेजिन सुब्बाले गोल गरि पहिलो हाफमा एक एकको बराबरी गराएका थिए । ७६औं मिनेटमा साइबोर नोनग्रुमले गोल गरेपछि मेघालयले २(१ को अग्रता लियो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा मेघालयका फिगो सिन्दियाले गोल गरेपछि नेपाल ३(१ ले पछि परेको थियो । १ मिनेट पछि नै प्रिजन तामाङले नेपालका लागि पेनाल्टी गरे पनि नेपालले जित हासिल गर्न सकेन । मेघालयका खेलाडीले डिवक्समा हातले बल छोएपछि नेपालले पेनाल्टी पाएको थियो । अब नेपालले दोस्रो खेलमा त्रिपुरासँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया