बी डिभिजन लिग: खुमलटार युवा क्लबले पुल्चोक स्पोर्टस क्लबलाई ३-१ ले हरायाे

 फागुन ८, २०७५ बुधबार २०:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक बी डिभिजन लिग फुटबलमा खुमलटार युवा क्लबले पहिलो जित निकालेको छ ।

एन्फा मैदानमा बुधबार भएको खेलमा खुमलटारले पुल्चोक स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पुल्चोकले पाँचौ मिनेटमै अग्रता लिए पनि जित हात पार्न भने असफल भयो । टिका राज गुरुङले गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा निरन श्रेष्ठले गोल गर्दै खुमलटारलाई एक एक गोलको बराबरीमा ल्याए । पहिलो हाफ दुवै टिमले एक एक गोलको बराबरी खेले पनि खुमलटारले आशिक परियारको गोल मार्फत ५४ औं मिनेटमा २–१ को अग्रता बनाउन सफल भयो ।

इन्ज्युरी टाइममा खुमलटारका लागि सविन केसीले काउन्टर एट्याकमा तेस्रो गोल गर्दै टिमलाई पहिला जित दिलाउन सफल भए । 
बुधबारै भएको अर्को खेलमा सातदोबाटो युथ क्लब र रानीपोखरी कर्नर टिम आरसीटीले गोलरहित बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया