विद्यालयले खाजा दिन थालेपछि विद्यार्थी बढे

 असार ९, २०७५ शनिबार ११:१०:४९ | देव पचभैया
unn.prixa.net

पाल्पा – दिवा खाजाको व्यवस्था भएपछि पाल्पामा कुमाल समुदायका बालबालिकाहरू विद्यालय जान थालेका छन  । 

रिब्दीकोट गाउँपालिका –१, जोगिथुममा रहेको कालिका आधारभूत विद्यालयले कक्षा सञ्चालन हुँदा नास्ता खाने व्यवस्था मिलाएपछि स्थानीय बालबालिका नियमित विद्यालय जान थालेको विद्यालयका प्रधानाध्यापक सुरेशबहादुर कुमालले जानकारी दिनुभयो । 

रिब्दीकोट गाउँपालिकासहित जिल्लाका अन्य संस्था र व्यक्तिहरुको सहयोगमा दिवा खाजाको व्यवस्था मिलाएपछि अभिभावकले पनि आफ्ना छोराछोरीलाई विद्यालय पठाउन सुरु गरेका हुन् । गएको जेठ महिना देखि  विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हो । 

गएको आर्थिक वर्षमा  ७० देखि ८० जना मात्रै बालबालिका पढ्न आउने बिद्यालयमा दिवा खाजाको ब्यवस्था भएपछि अहिले १ सय ३० जना बिद्यार्थी नियमित विद्यालय आइरहेको प्रअ कुमालले जानकारी दिनुभयो । विद्यार्थीलाई तालिका बनाएरै दैनिक रुपमा विद्यालयले खाजा खुवाउँदै आएको छ । आइतबार चना अण्डा, सोमबार चाउमिन, मंलबार रोटी तरकारी, बुधबार हलुवा, बिहीबार पुलाउ तरकारी र शुक्रबार फलफूल नास्ताको रुपमा खुवाउने विद्यालयले जनाएको छ । 
 

१ सय १७ घरपरिवार रहेका जोगीथुममा एक सय १२ घर कुमाल र पाँच घरपरिवार मगर समुदायका छन् । सदरमुकाम तानसेनदेखि विकट मानिने जोगीथुमका अधिकांश स्थानीयले रिडीघाटमा गएर बालुवा चाल्ने र बजारमा मजदुरी गर्दे आएका छन् ।

जोगीथुममा रहेका कुमाल समुदायमा शैक्षिक  चेतनास्तर कम भएकाले अभिभावकले पनि छोराछोरीलाई  किताब कापी किनिदिनुभन्दा अन्य फजुल खर्चमा पैसा खर्च गर्ने चलन रहेको रिब्दीकोट गाउँपालिका –१, का वडा अध्यक्ष विष्णु गैरेले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Manoj thapa

    June 23, 2018, 3:20 p.m.

    Aati ramro karya garnu bhayexa sar lai dherai2pargati ko kamana chaa

  •  0 Reply

तपाईको प्रतिक्रिया