प्रकृतिको अनुपम उपहार (फोटो फिचर)

 फागुन ९, २०७५ बिहिबार १४:३:२१ | रासस
unn.prixa.net

समुन्द्री सतहबाट चार हजार ९१९ मिटरको सर्वाधिक उचाइमा रहेको मनाङ नेस्याङ गाउँपालिका वडा नम्बर ९ स्थित तिलिचो ताल ।

समुन्द्री सतहबाट चार हजार ९१९ मिटरको सर्वाधिक उचाइमा रहेको मनाङ नेस्याङ गाउँपालिका वडा नम्बर ९ स्थित तिलिचो ताल । तस्बिर : नविन लामिछाने, मनाङ, रासस

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा गत हप्ता परेको बाग्लो हिमपातका कारण हाल सम्म पनि हिउँ नपग्लिदा मन्दिर दर्शन गर्न आउने भक्तजनहरु लाई समस्या परेको छ । तस्बिर : निरज थकाली, रासस, ठिनी मुस्ताङ ।

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित गत हप्ता परेको बाग्लो हिउँ हालसम्म पनि नपग्लिएको दृश्य । तस्बिर : निरज थकाली, रासस, ठिनी मुस्ताङ ।

बन्दीपुरको गुरूङचे डाँडाबाट बिहीबार बिहान देखिएको सूर्योदयको मनोरम दृश्य । सूर्योदय अवलोकन गर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । तस्बिर - रत्न श्रेष्ठ, रासस

बुधबार साँझ कास्कीको फेवाताल किनारबाट देखिएको रमणीय दृश्य । तस्बिर - रोशन सापकोटा, रासस

डोल्पाको उत्तरी भेगस्थित बुद्ध गाउँपालिका–१ धो तरापमा केही दिनदेखि भएको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । तस्बिर, सौजन्य : नाम्ग्याल गुरुङ, डोल्पा, रासस

डोल्पाको उत्तरी भेगस्थित बुद्ध गाउँपालिका–१ धो तरापमा केही दिनदेखि भएको हिमपातका कारण जनजीवन कष्टकर बनेपछि हिउँ पन्छाउँदै स्थानीय । तस्बिर, सौजन्य : नाम्ग्याल गुरुङ, डोल्पा, रासस

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया