डीपीएल एलिमिनेटर: महेन्द्रनगर युनाइेटडले रुपन्देही च्यालेञ्जर्सलाई दियाे १ सय १६ रनको लक्ष्य

 फागुन ९, २०७५ बिहिबार १५:१६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - धनगढी प्रिमियर लिगको एलिमिनेटर राउण्डमा महेन्द्रनगर युनाइेटडले रुपन्देही च्यालेञ्जर्सलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउदै एक सय १५ बनायो ।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका दिलीपनाथ खाता खोल्न पाएनन् । त्यसपछि २४ रनमा दोस्रो विकेट गुमाएको महेन्द्रनगरले ४० रन बनाउदा तेस्रो विकेट खेर फाल्यो । उसका मोहम्मद नाभिद १८ रनमा आउट भए भने सुब्रमनियम आनन्द २० रनमा पेभेलियन फर्किए ।

एकपछि अर्को विकेट गुमाएको महेन्द्रनगरको विकेट झर्नेक्रम यतिमा रोकिएन । उसले ६१ रन बनाउदा ६ विकेट खेर फाल्यो । आरिफ शेख ११, रोहित पौडेल दुई रनमा आउट भए भने सिद्धान्त लोहनीले खाता खोल्न सकेनन् ।

त्यसपछि सातौं विकेटका लागि कप्तान शरद भेषवाकर र अमरसिंह रौटेलाले ३९ रनको साझेदारी गर्दै टिमलाई सम्हाले । तर रौटेला १९ रनमा आउट हुँदा महेन्द्रनगरको स्कोरबोर्डमा एक सय रन पुगेको थियो ।

अन्तिममा अविनाश बोहराले ११ रन जोडे भने कप्तान शरद भेषवाकर २९ रनमा अविजीत रहे । बलिङमा ललित भण्डारीले चार तथा पुनीत मेहरा तीन र बसन्त रेग्मी दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया