वेष्ट इन्डिजविरुद्धको पहिलो एक दिवसीय: इंग्ल्याण्डकाे कीर्तिमानी जित

 फागुन ९, २०७५ बिहिबार १७:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

वेष्ट इन्डिजविरुद्धको पहिलो एक दिवसीय खेलमा इंग्ल्याण्डले कीर्तिमानी जित निकालेको छ ।

इंग्ल्याण्डको इतिहासमा सर्वाधिक रन पछ्याएर जित निकाल्ने क्रममा वेष्ट इन्डिजलाई ६ विकेटले हरायो ।

घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ६० रन बनाएको थियो । वेष्ट इन्डिजका ओपनर क्रिस गेलले आक्रामक पारी खेल्दै एक सय ३५ रन बनाउँदा शाइ होपले ६४ रनको योगदान गरे ।

यस्तै ड्वायन ब्राभोले ४० र जेम्स क्याम्बेलले ३० रन बनाए । बलिङमा इंग्ल्याण्डका बेन स्टोक र आदिल रसिदले तीन तीन विकेट लिए ।

जवाफमा इंग्ल्याण्डले ४८ ओभर चार बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि जेसन रोय र जो रुटले शतक प्रहार गरे ।

रोयले एक सय २३ रन बनाए भने रुटले एक सय दुई रन बनाए । कप्तान मोर्गनले ६५ रनको योगदान गरे भने जेम्स ब्रेस्ट्रोले ३४ रन थपे ।

यो खेलमा बने यस्ता कीर्तिमान

जो रुट इंग्ल्याण्डका लागि एक दिवसीय क्रिकेटमा ५ हजार रन बनाउने चौथो खेलाडी बने । यसअघि अइन मोर्गन, इयान बेल र पउल कलिंगउडले ५ हजार रन बनाएका थिए ।

एक दिवसीय क्रिकेटमा कम खेलमा ५ हजार रन पूरा गर्ने उनी चौथो खेलाडी बनेका छन् । यसअघि हसिम अमला, भिभ रिचर्डस र विराट कोहली रहेका थिए ।

वेष्ट इन्डिज एक दिवसीय क्रिकेटको एकै इनिङमा धेरै छक्का प्रहार गर्ने पहिलो टिम बनेकाे छ । उसले २०१४ मा न्यूजिल्याण्डले बनाएको २२ छक्काको रेकर्ड

लाई पछि पारेकाे हाे ।

क्रिश गेल इंग्ल्याण्डविरुद्ध व्यक्तिगत धेरै रन बनाउने वेष्ट इण्डिजका पहिलो खेलाडी साथै सर्वाधिक छक्का प्रहार गर्ने विश्वकै पहिलो क्रिकेटर बनेका छन् ।

उनले ५१४ खेलमा ४८८ छक्का प्रहार गरेका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया