आहा रारा गोल्डकप : आयोजकलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

 फागुन ९, २०७५ बिहिबार २०:२४:२९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरामा आजबाट सुरु भएको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

आयोजक सहारा क्लबलाई सडेन डेथमा ५–४ गोल अन्तरले हराउँदै एपीएफ अघि बढेको हो । निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल टाइ ब्रेकरमा पुगेको थियो । 

खेलको पहिलो हाफको १७ औं मिनेटमा आयोजक सहाराका बिनोद गुरुङले गोल गरी टोलीलाई अग्रता दिलाए पनि एपीएफले १ मिनेट पनि नबित्दै खेल बराबरीमा पु¥याएको थियो । 

एपीएफका लागि आशिष लामाले गोल गरेका हुन् । 
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका बुद्धिमान राई म्यान अफ द म्याच भएका छन् । उनले ट्रफी सहित नगद ५ हजार प्राप्त गरे । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया