ट्रान्समिटरमा काम गर्दा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको ज्यान गयाे

 फागुन ९, २०७५ बिहिबार १९:२१:४२ | शिव ढुंगाना
unn.prixa.net

फाइल तस्बिर

ओखलढुंगा – ओखलढुंगामा करेन्ट लागेर विद्युत प्रधिकरणका एक कर्मचारीको ज्यान गएको छ ।

सिद्धिचरण नगरपालिका वडा नं.–२ ठूलाछापमा ट्रान्समिटर परिर्वतन गर्ने क्रममा करेन्ट लाग्दा बिहीबार दिउँसो उहाँको ज्यान गएको हो ।

जिल्लामा ग्रामीण विद्युतीकरणका लागि ठूलाछापमा रहेको १५ केभीको ट्रान्समिटर २५ केभीमा परिर्वतन गर्दा सिद्धिचरण नगरपालिका वडा नं.–१२ का २९ वर्षीय जनक गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शरणकुमार दाहालले बताउनुभयो ।

करेन्ट लाग्नासाथ उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाँदा अस्पताल नपुग्दै गुरुङ्गको ज्यान गएको थियो ।  

गुरुङ्ग ०७२ देखि नेपाल विद्युत प्रधिकरण ओखलढुंगा वितरण शाखामा ज्यालादारीमा काम गर्दै आउनुभएकाे थियाे ।  

 

अन्तिम अपडेट: चैत ८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया