आर्सनल युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

 फागुन १०, २०७५ शुक्रबार ६:४२:५ | एजेन्सी
unn.prixa.net

आर्सनल यूईएफए युरोपा लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बाटे बोरीसोभलाई तीन–शून्यले हराउँदै आर्सनलले समग्रमा तीन–एकको जितका साथ अन्तिम १६ मा स्थान बनायो ।

पहिलो लेगमा एक–शून्यले पछाडि रहेको आर्सनलले घरेलु मैदानमा तीन–शून्यको सहज जित निकाल्यो । 

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चौथो मिनेटमा पिएरी इमेरिकको प्रहार बाटेका डिफेन्डर जाखार भोल्कोभसँग डिफेक्ट भएपछि उपहार गोल पायो । 

३९ औँ मिनेटमा स्खोद्रान मुस्ताफीले ग्रानित साकाको कर्नरमा हेडर गोल गर्दै अन्तर दुई शुन्यमा पुर्याए । पहिलो लेगमा एक–शून्यले हारेपछि आलोचित बनेको आर्सनलले ६० औं मिनेटमा तेस्रो गोल गर्यो । उसका लागि साक्रेतिसले गोल गरे । 

त्यसपछि बाटेले खेलमा फर्कन दुई वटा मौका पाए पनि सफल हुन सकेन र आर्सनल विजयी भयो । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया