आजदेखि मौसम बदली भएर पानी पर्ने सम्भावना

 फागुन १०, २०७५ शुक्रबार ८:१५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि फेरि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । 

यतिबेला आकाश खुले पनि दिउँसोपख काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमका एक, दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । 

काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रमा पनि हल्का पानी पर्ने सम्भावना देखिएको उहाँले बताउनुभयो ।  मध्यका १-२ ठाउँमा र पूर्वका केही ठाउँमा पनि  हल्का पानी पर्ने सम्भावना रहेको छ । हिजो र अस्ति मौसम सफा भएको थियो । 

पानी पर्न रोकिएलगत्तै तापक्रम बढ्न थालेको थियो । अस्ति काठमाण्डौको अधिकतम तापक्रम २२ दशमलब ८ डिग्री सेल्सियस र हिजो २५ डिग्री सेल्यिससम्म पुगेको थियो । अबको एकदुई दिन मौसम बदली हुँदा फेरि तापक्रम घट्ने र अर्को हप्तादेखि लगातार जस्तै तापक्रम बढ्ने मौसमविद श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया