हरेक वर्ष फागुन १ गते रोजगारी दिवस मनाउने सरकारको निर्णय

 फागुन १०, २०७५ शुक्रबार ८:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले हरेक वर्ष फागुन १ गते रोजगारी दिवस मनाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको दिनको सम्झनामा फागुन १ गते रोजगारी दिवस मनाउने मन्त्रिपरिषदले निर्णय गरेको हो । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फागुन एक गतेलाई राेजगारी दिवसका रुपमा मनाउने निर्णय गरिएकाे जानकारी दिनुभएकाे हाे ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उदेश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो । 

यो कार्यक्रमअन्तर्गत स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वयमा गाउँठाउँमै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया