महिला टी–२० विश्वकप छनाैट : नेपालले यूएईलाई ७ विकेटले हरायाे

 फागुन १०, २०७५ शुक्रबार १०:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० महिला तथा एकदिवसीय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले यूएईलाई ७ विकेटले हराएकाे छ ।

यूएईले दिएकाे ४२ रनकाे विजयी लक्ष्य नेपालले १० ओभर २ बलमा तीन विकेट गुमाउँदै भेट्टाएकाे हाे । 

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् । त्यस्तै काजल श्रेष्ठले १५ रन बनाउँदा सिता राना मगरले ६ रन बनाइन् । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले १७ ओभर ३ बलमा आफ्ना सबै विकेट गुमाउँदै ४१ रन बनाएको हो । यूएईका लागि सीआर सेनेविरत्नाले सर्वाधिक १३ रन बनाइन् ।

यूएईका तीन जना ब्याट्सवुमेनले खाता नै खोल्न नसक्दा सात जना ब्याट्सवुमेनले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

 नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राख्न सफल भयो । जसमा उसले युएईको १० रन हुँदा तीन विकेट झार्यो । ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन् । त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चाैथाे विकेट खेर फाल्याे । त्यसपछि शुभा मात्र तीन रनमा बाहिरिइन् भने लगत्तै उडेनी डाेना पनि खाता खाेल्न नपाउँदै पेभेलियन फर्किदा यूएईले १८ रनमा ६ विकेट खेर फाल्याे ।

एकपछि अर्काे विकेट गुमाएकाे यूएईले ३५ रन हुँदा साताैं विकेट खेर फाल्याे । सेनेविरत्नाले १३ रन बनाए पनि त्यसपछि उसले अरू ६ रन जाेड्दा थप चार विकेट गुमायाे ।

नेपालका लागि नेरी थापाले ४ विकेट लिइन् । ३ ओभर ३ बल बलिङ गरेकी नेरीले एक ओभर मेडन राख्दै मात्रै ६ रन खर्चेकी थिइन् । नेपालका लागि  सिता रानामगर, साेनु खड्का र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई-दुई विकेट लिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया