दक्षिण कोरियामा मोदीलाई ‘सियोल शान्ति पुरस्कार’

 फागुन १०, २०७५ शुक्रबार १८:३:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण कोरियाकै प्रतिष्ठित पुरस्कार प्रदान गरिएको छ । विश्व आर्थिक वृद्धिमा गति प्रदान गरेको र अन्तर्राष्ट्रिय सहयोगलाई प्रोत्साहन गरेका कारण शुक्रबार मोदीलाई सन् २०१८ को सियोल शान्ति पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार प्रदानको अवसरमा नरेन्द्र मोदीको जीवनीमा आधारित एक लघु फिल्म पनि देखाइएको थियो । प्रधानमन्त्री मोदीले पुरस्कार ग्रहण गर्दै यो आफ्नो सफलता नभएर भारतीय जनताले दिलाएको सफलता बताउनुभएको थियो ।

यस्तै विश्वमा बढ्दै गएको आतंकवादी सञ्जाल र तिनीहरुलाई वित्तिय सहयोग गर्ने दाताहरुलाई पूर्णतया नष्ट गर्नको लागि नयाँ कदम उठाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

शान्ति पुरस्कार ग्रहण गरेपछि उहाँले भारत पनि दक्षिण कोरिया झैं सीमा आतंकवादबाट पीडित भएको भन्दैै गएको ४० वर्षदेखि भारत सीमा आतंकवादबाट पिल्सिएको बताउनुभयो ।

सन् १९९० सालमा स्थापना भएकोे दुई लाख अमेरिकी डलर राशीको सियोल शान्ति पुरस्कार प्रत्येक दुई-दुई वर्षमा प्रदान गरिन्छ । सन् २०१६ मा यो पुरस्कार कंगोका डेनिस मुकवेगेलाई प्रदान गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया