आहा रारा गोल्डकप : हिमालयन शेर्पा क्वार्टरफाइनलमा

 फागुन १०, २०७५ शुक्रबार १८:२२:२२ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरामा चलिरहेको १७ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

धरान फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै हिमालयन शेर्पा अघि बढेको हो । खेलको पहिलो हाफ दुवैतर्फबाट गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा हिमालयन शेर्पाका त्रिदेव गुरुङले गोल गरेका थिए ।

हिमालयन शेर्पा भन्दा फितलो खेल प्रदर्शन गरेको धरानको तर्फबाट कुनै गोल हुन सकेन । खेलको ७७ औँ मिनेटमा गोल गरी जित दिलाएका त्रिदेव गुरुङ नै म्यान अफ द म्याच घोषित भएका छन् । 

उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे । शनिबारको खेल लिग विजेता मनाङ्ग मर्स्याङ दी र नेपाल एपीएफ बीच दिउँसो २ बजेपछिहुनेछ । 
 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया